नेपालगञ्ज । बाँके प्रहरीले ८९ हजार रुपैयाँसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका २ स्थित रमेश साहुको घरमा तास खेलिरहेका दश जनालाई ८९ हजार ६ सय २८ रुपैयाँसहित पक्राउ गरिएको हो।
साहुको घरमा तास खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले एक गड्डी ताससहित ८० हजार २ सय २० रुपैयाँ नेपाली र ५ हजार ८ सय ८० रुपैयाँ भारुसहित दश जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।