काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । 

  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।