विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलबाट प्रहरीले तस्करीको चाँदी बरामद गरेको छ । स्थानीय पशुपति ज्वेलर्समा छापा हानेर ९९ किलो ९९४।५ ग्राम चाँदी बरामद गरेको हो । 

चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा लगेर तौलेपछि थाहा भएको बताइएको छ । भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा छापा मारिएको थियो । 

विश्वजीत जानाले सञ्चालन गर्दै आएको ज्वेलर्समा चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको हो ।