काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एकजना युवकलाई पक्राउ गरेको छ । मेचिनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सोमबार दिउँसो घरमा गएर युवकले बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोप छ । 

बालत्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।