काठमाडौँ । पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने २५ वर्षीय ईमरान खान छन् ।
बिहीबार दिउँसो रामग्राम नगरपलिका–७ उजैनीबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १६ लाख ५० हजार नगद बरामदगरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खानको साथमा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।