काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भएका छन् ।

यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए । नेपालले २ विकेटको क्षतिमा ४७ रन बनाएको छ ।

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।