काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ । 

आइतबार प्रि–ओपन सेसनमा ०।९५ अंक घटेर १८४६।७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।