काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।   

भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको जनाएको छ।

 प्रधानमन्त्री प्रचण्डले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।