काठमाडौँ । दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका ८ सतबरियामा मुगुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय भिनसेन थारूको आइतबार दिउँसो मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज बाँके रिफर गरिएको छ भने मोटरसाइकलमा सवार १ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।