काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५०० रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँले  घटेर प्रतितोला १ लाख १५ हजार  रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार चार सय ५० रूपैयाँ तोकिएको छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।