काठमाडौँ । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुलसहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका(३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौँ गोकर्णेश्वर नगरपालिका ४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका(१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् ।
उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका(६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौँ चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दीप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौँ तार्केश्वर नगरपालिका ४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।