दुहबी । दुहबी नगरपालिकामा दुई कार्यकाल लगातार मेयर निर्वाचित वेद गच्छदारलाई स्थानीयले २५ किलोको माला लगाइदिएका छन् । 

गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै सम्मान गरिएको हो  ।

बजारभित्र नगरपालिकाको २ बिगाहा क्षेत्रभित्र बनेका संरचना हटाएर सार्वजनिक महत्वको भवन बनाउने कामलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताइएको छ ।