काठमाडौँ । फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । रोमान्टिक र डान्सिङ भामा तयार गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा सिवाकोटीकै शब्द,संगीत छ ।सन्तोष अधिकारी फिल्मस्को ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार पनि सुरु भएको हो । 

प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ । घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सुष्म रुपमा उठान गरेको छ । फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ ।

फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ ।आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन छ ।

फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ । यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन् ।