काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् ।

गीत राजधानीमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको हो । ब्रिटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राईको अलावा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा लगायतले संयुक्त रूपमा गीत सार्वजनिक गरे ।

गीतको भिडियोमा ‘मिसेस वर्ल्ड नेपाल २०२३’की प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ । अनिल कोयी राईको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईंको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ ।