सप्तरी । प्रहरीले सप्तरीको खड्क नगरपालिका–११ स्थित बनौलीबाट ५ राउण्ड गोली र लागुऔषध सहित दुईजनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खड्क नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर छन् ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितको साथबाट थ्रिनटथ्रि राइफलको ५ राउण्ड गोली बरामद गरेको छ । किशोरको साथबाट गाँजा २० ग्राम र लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको छ ।
मंगलबार साँझ पक्राउ गरेर उनीहरुबारे ईप्रका कल्याणपुरले अनुसन्धान गरिरहेको छ ।