बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । 

उनको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।