काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ११ः३७ बजे बझाङ केन्द्र भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। 

भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको बताइएको छ। 

यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो।