दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र  ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् ।

 इलाका प्रहरी कार्यालय तुलसीपुरले बस्नेत दाजुभाइ मृत फेला परेको पुष्टि गरेको छ । प्रहरीका अनुसार उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ ।