काठमाडौँ । मंसिर २९ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दुई कदम’को एक गीत ‘ए मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । मंगलबार ठमेलस्थित १० एक्स क्लबमा छायांकन गरिएको गीतमा फिल्मका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटीले नृत्य गरेका छन् । बर्षाले फिल्मको यो गीतमा मात्र अभिनय गरेकी हुन् ।

आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।