काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  ६०० रुपैयाँले बढेको छ । गत शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँ वृद्धि हुँदा छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।

विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा मंसिरमा सुनको भाउ बढ्ने गरेको छ । साथै डलर कमजोर हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको छ ।