इटहरी ।  इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ परेका दुवैलाई हिजो (शनिबार) सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा इटहरी–९ की २१ वर्षीया निशा कार्की र कृष्णहरी घिमिरे रहेका छन् । पक्राउ परेकी निशाले इटहरीमा यौन धन्दा चलाउनका लागि ५ हजारदेखि दस हजार रुपैयाँ लिएर यौन धन्दा चलाएको खुलेको छ ।

दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।