काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन आज (सोमबार)बाट पोखराको लेकसाइटबाट सुरु भएको हो । फिल्मका लागि पहिलो सट अभिनेता अनमोल केसीले दिएको निर्माता अधिकारीले बताए ।

पोखरापछि फिल्मको छायाङ्कन अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा समेत हुनेछ । गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त भएको थियो ।

सुयोग गुरुङको निर्देशन रहने फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकारद्वय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । अनमोल र जसिता पहिलो पटक यसै फिल्म मार्फत एकसाथ देखिन लागेका हुन् ।

प्रेमकथामा बन्न लागेको फिल्मको कथा निर्माता अधिकारीले नै तयार पाारेका हुन् । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् ।