काठमाडौँ । चालू आर्थिक वर्ष २०८०र८१ को चार महिनामा १९ करोड रुपैयाँभन्दा धेरैको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा विश्वका दर्जन देशबाट नेपालमा चुइगम आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै र आयातकर्ताले बिक्रीका लागि भने भारतबाट मात्रै ल्याउने गरेकाछन् ।

यस अवधिमा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ । भारतबाट ५ लाख ६० हजार किलोग्राम चुइमग भित्रिँदा १५ करोड रुपैयाँभन्दा धेरैको भन्सार राजश्व उठेको विभागले जनाएको छ ।

यसबाहेक, अमेरिकाबाट २८ लाख ७९ हजार रुपैयाँको र बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।