गुल्मी । गुल्मीमा यात्रुबहाक बससँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रेसुंगा नगरपालिका ४ घर भई महेन्द्र माविमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको हो।

झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

प्रहरीका अनुसार रेसुंगा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु।१ख ९४७५ नम्बरको बससँग तम्घासबाट सेउघा जाँदै गरेको लु ८७प ९८१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।