झापा । झापाको कमल गाउँपालिकामा आफ्नै छोराले हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् ।

कमल गाउँपालिका–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई आफ्नै छोरा २३ वर्षीय आशिष तामाङले आज (सोमबार) बिहान कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरेका थिए ।

हतियार प्रहारबाट गम्भीर रुपमा चोट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी केर्खाले जनाएको छ । हतियार प्रहारपश्चात् आशिष फरार भएका थिए ।बाबुको हत्या गरि फरार भएका उनलाई प्रहरीले सोही ठाउको दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।