एजेन्सी । आमरुपमा दालचिनीको पातलाई हामीले चिया मसला वा तरकारी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं ।

त्यस्तै अर्को मान्यता पनि छ यसलाई लिएर केही उपायहरु गरिएमा घरमा सुखसमृद्धि आउँछ । यही बारेमा आज हामी तपाईंलाई बताउनेछौं । यसबारेमा ज्योतिषशास्त्रका विशेषज्ञको के भनाई छ जानौं ।

मानिसहरुले मान्दै आएका मान्यताअनुसार दालचिनीको पातसँग केही ल्वांग मिसाएर जलायो भने यसले नकारात्मक ऊर्जा घरबाट बाहिर जान्छ । ज्योतिषशास्त्रमा पनि दालचिनीको पातलाई विशेष मानिन्छ । भनिन्छ यसलाई घरको केही स्थानहरुमा राख्नाले सुख र समृद्धि आउँछ ।

यदी दालचिनीको पातलाई रातको समयमा सिरानीको तल राखियो भने यसले नराम्रो सपनाहरु आउनबाट बचाउँछ । त्यसैले पनि यसलाई घरका लागि धेरै शुभ मानिएको छ । धनको कमीलाई हटाउन पनि दालचिनीको पातसँग गरिने उपाय शुभ मानिन्छ । यसलाई पर्स वा झोलामा लुकाएर राख्दा धनको कमी हट्दै जान्छ ।

ज्योतिषका अनुसार एउटा दालचिनीको पातलाई लक्ष्मीको चरणमा राख्नुहोस् । त्यसपछि त्यसलाई उठाएर आफ्नो सन्दुक वा दराजमा राख्नुहोस् । यसो गर्नाले धर्न आकर्षित हुन्छ र घरमा खुशियाली आउँछ ।

घरमा हुने तनावलाई कम गर्नका लागि पनि दालचिनीको पातको प्रयोग गरिन्छ । यसका लागि सुत्ने बेला सिरानीको तल पातहरु राख्नुहोस् । नियमित रुपमा दालचिनीको पात जलाउने गर्दा घरको नकारात्मक ऊर्जा नष्ट हुन्छ । यसले घरको सुरक्षासँगै वातावरण पनि सकारात्मक हुँदै जान्छ ।