विराटनगर । मोरङको पथरीशनिश्चरेमा सवारीसाधनको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ । 

मृतकको पहिचान भने खुलेको छैन । ठक्कर दिने सवारीसाधन पनि फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ मा नम्बर नखुलेको सवारीसाधनले साँझ ठक्कर दिँदा अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । 

घटनाको प्रकृति हेर्दा युवक दुर्घटनामा परेजस्तो देखिने मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भीर घाइते अवस्थामा सडकमा भेटिएका युवकलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पु¥याइएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । 

मृतकको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।  मृतकको पहिचानको प्रयास गर्दै दुर्घटना गराउने सवारीसाधनको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।