काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघका अनुसार आज हिजो बुधवारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने भएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।