मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन् । ४७ वर्षीय रणदीपले ३७ वर्षीय प्रेमिका लिन लैशरामसँग बिहीबार विवाह गरेका हुन् । उनीहरूको मणिपुरी परम्परा अनुसार विवाह भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । 

विवाहमा रणदीपले मणिपुरको खास पगडी र सेतो रङ्गको धोती कुर्था लगाएका थिए, भने लिनले सेतो र गुलाबी रङ्गको मणिपुरी सारी लगाएकी थिइन् । विवाहमा परिवारका सदस्य र साथीभाइ मात्रै सहभागी रहेको बताइन्छ । रणदीप लामो समयदेखि लिनसँग डेटिङमा थिए ।

‘ओम शान्ति ओम’, ‘म्यारी कोम’, ‘रंगुन’, ‘मटरूकी बिजलीका मंडोला’, ‘जाने जान’ लगायत फिल्ममा अभिनय गरेका रणदीप अव फिल्म ‘वीर सावरकर’मा देखिनेछन् ।