इटहरी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

बिहीबर मध्यराति १ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।