झापा । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार बेलुका पूर्वपश्चिम राजमार्गस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । तत्काल नाम, थर, वतन नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक झापा कमल–१ का अन्दाजी २० वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।