एजेन्सी । फूलगोभीको तरकारी बनाउँदा धेरैले त्यसको पात फाल्ने गर्छन् । तर पात पनि फूल जत्तिकै फाइदाजनक हुन्छ । आज फूलगोभीको पात खानुका फाइदा बारे जानौं ।

क्याल्सियमले भरपूर फूलगोभीका पात खानाले हड्डी बलियो हुन्छन् । यसले जोर्नी दुख्ने समस्या पनि कम हुन्छ र चिसोको दुखाईबाट पनि छुट्कारा पाइन्छ ।

फूलगोभीको पातमा फाइबर, एन्टीअक्सीडेन्ट्स तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् जो मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो खाँदा मुटुसँग जोडिएका खतरा पनि कम हुन्छ ।

फूलगोभीका पातमा आइरनको मात्रा हुन्छ जसले हेमोग्लोबिनको स्तर बढाउँछ र रगतको कमी हुन दिँदैन ।

भिटामिन ए पनि पाइने फूलगोभीको पात आँखाका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले आँखाको रोशनी बढाउन मद्दत गर्छ ।

फूलगोभीका पात पोषक तत्वले भरपूर हुन्छन् जसको सेवनले बच्चाको विकासमा पनि फाइदा पुर्‍याउँछ ।

प्रोटिन र फाइबरले भरपूर फूलगोभीका पातको दैनिक सेवनले रगतमा चिनीको मात्रा पनि कम हुन्छ । जसले गर्दा मधुमेहका रोगीका लागि पनि यो फाइदाजनक छ ।