एजेन्सी । मध्य पेरिसमा भएको छुरी र हथौडा आक्रमणमा एक जना पुरुषको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले आईफिल टावर नजिकै रहेको कुआई डे ग्रेनेलेमा आक्रमणकारीले पर्यटकलाई निशाना बनाएको जानकारी दिएका हुन् । 

घटनामा संलग्न एक २६ वर्षीय फ्रेन्च नागरिकलाई पक्राउ गरिएको छ । आक्रमणकारीले पर्यटकको जोडीलाई निशाना बनाएको र जर्मन नागरिकलाई छुरा प्रहार गरेको उनले बताए । घटनापछि प्रहरीले आक्रमणकारीलाई पछ्याउने क्रममा दुई जना अन्य व्यक्तिमाथि हथौडा प्रहार भएको थियो । 

पक्राउ परेपछि उनले अफगानिस्तान र प्यालेस्टाइनमा मुस्लिमको हत्या भएकोमा आक्रोश व्यक्त गरेको बताइएको छ । सन् २०१६ मा पनि यस्तै हमलाको योजना बनाएको आरोमा उनलाई ४ वर्षको जेल सजाय तोकिएको थियो । उनी प्रहरीको निगरानीमा नै रहेका थिए ।