एजेन्सी । मोबाइल फोन एउटा यस्तो उपकरण हो, जो हाम्रो जीवनको एउटा महत्वपूर्ण हिस्सा बनिसकेको छ । मोबाइल फोनको प्रयोग यतिसम्म बढिसकेको छ कि अब यो तनाव तथा डिप्रेशनको कारण पनि बनिरहेको छ ।

सम्पूर्ण दिन मोबाइल फोनमै लागिरहने, बिनाकारण फोन स्क्रोल गर्दै घन्टौं बिताउने जस्ता बानी डिप्रेशन र तनावको कारण बन्न सक्छन् । यही विषयलाई लिएर विशेषज्ञको भनाईबारे जानौं ।

चिन्ताको कारण बन्न सक्ने बानी:

  • साथीभाई आफन्तसँग दुरी बनाउनका लागि अन्य कोही व्यक्तिलाई फोन गरिरहनु वा कसैको फोनको जवाफ नदिने र कुरा गर्नबाट बच्ने कोसिस गर्ने ।
  • आसपासमा भएको व्यक्तिसँग दुरी बनाउनका लागि उसलाई बेवास्ता गर्दै फोन चलाइरहेको वा फोनमा कुरा गरिराखेको बहाना गर्ने ।
  • पटक पटक फोन चेक गरिराख्ने र फोनमा आउने हरेक नोटिफिकेशनको जाँच गर्ने ।
  • जो कसैलाई पनि म्यासेजको तुरुन्त जवाफ दिन जरुरी सम्झनु, जो कसैलाई म्यासेजको रिप्लाई दिन दुई सेकेन्ड पनि नलगाउने ।
  • कुनै प्रकारको तनाव वा समस्या परेमा गुगलमा सर्च गर्ने वा हरेक कुराको व्याख्या विवरण जान्ने कोसिस गर्नु ।
  • फोनसँग दुरी बनाउन के गर्ने ? 

  • फोनको प्रयोग गर्न समयसिमा निर्धारण गर्नुहोस् । खासगरी त्यस्ता गतिविधिका बेला जतिबेला एकाग्रता तथा विश्रामको आवश्यकता पर्दछ ।
  • फोनबाट प्राप्त हुने सूचनालाई आवश्यकताअनुसार सीमित गर्नुहोस् । शान्त वातावरणलाई कायम राख्न फोन प्रयोग नगर्दा नोटिफिकेशन बन्द गर्नुहोस् ।
  • आफ्नो स्क्रीन टाइमलाई ट्रयाक गर्न कुनै एप्स वा टुलको प्रयोग गर्नुहोस् ।
  • फोनको प्रयोगबिना आफ्नो समय धेरै भन्दा धेरै बिताउने कोसिस गर्नुहोस् खासगरी खाना खाने, पढ्ने वा सुत्ने समयमा ।
  • फोनमा आफूले प्रयोग गर्ने वा हेर्ने सामग्रीप्रति सतर्क हुनुहोस् । तनावपूर्ण वा नकारात्मक जानकारीलाई नहेर्नुहोस् र सकारात्मक जानकारी तथा खबरमा ध्यान दिनुहोस् ।
  • सुत्नुअघिको समयमा फोनको प्रयोग बन्द गर्नुहोस् । स्क्रीनबाट निस्कने निलो रोशनीले निद्राको प्याटर्नलाई बाधा गर्छ जसले तनाव बढ्न सक्छ ।
  • धेरै मोबाइल फोनको प्रयोगले चिन्ता तथा तनाव बढिरहेको जस्तो लाग्छ भने कोही विशेषज्ञ तथा डाक्टरको सल्लाह लिनुहोस् ।