काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’ युट्युबमा सार्वजनिक भएको छ । 

अनमोल गुरुङको लेखन एवं निर्देशन रहेको चलचित्र चार वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । मंगलवार बेलुका युट्युबमा सार्वजनिक यो चलचित्रले बाबु–छोराबीचको सम्बन्धको कथा प्रस्तुत गर्छ । 

चलचित्रमा दयाहाङका साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चाको अभिनय छ । तुलसी घिमिरे र अरुणा कार्की समेत चलचित्रमा देखिएका छन् ।