काठमाडौं । आज (सोमबार) सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदैछ ।

आइतबार सुनको मूल्य एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० कायम भएको छ ।

शुक्रबार स्थिर चाँदीको मूल्य आइतबार १५ रूपैयाँले घटेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।