काठमाडौँ । आइतबार इन्डेक्समै सर्किट लागेर कारोबार बन्द भएको सेयर बजारमा (आज)  सोमबार पहिलो घन्टा मै दुई अर्ब बढीको कारोबार भएको छ ।

लामो समय न्यून विन्दुमा उठाइएको सेयरमा ट्रेडरले प्रोफिट बुक गर्दा इन्डेक्समा पनि गिरावट आएको छ । तर पहिलो घन्टामै कारोबार भोल्युममा उल्लेख्य वृद्धि हुँदा सप्लाई सकिएसँगै बजार बिस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ । १२ बजेर १२ मिनेट जाँदासम्म दुई अर्ब २६ करोड बढीको कारोबार भइसकेको छ ।

अहिले नेप्से इन्डेक्स १४.११ अङ्कले घटेर १९४९ विन्दुमा रहेको छ भने उच्च कारोबार हुने कम्पनीहरुमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, माउन्टेन इनर्जी हाइड्रो, सिटिजन लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट शीर्ष पाँचमा रहेका छन् ।