मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर खानपिन र स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्न सक्छन् । सामाजिक प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्दव्यापार भने कमजोर नै रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि बढ्ने योग पनि देखिन्छन् ।