काठमाडौँ । आज एकैदिन नेपालमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो १५ रुपैयाँको गिरावट हो ।