काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ । म्हैपीमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लौदारीको ढोकाको ताल्चा चोरले फुटाएका हुन् । डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र  ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।