काठमाडौँ । मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक जना पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
महोत्तरी, गौशाला नगरपालिका–५ का २४ वर्षीय अनिलकुमार साहले झापा, शिवसताक्षी–३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।
पीडतका आफन्तले साहले हुलिया बदलेर नेपाल आउन लागेको सूचना प्रहरीलाई दिएका थिए । साह गत मंसिर ३० गते मलेसियाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए ।
साहविरुद्ध मृतककी श्रीमतीले हत्या आरोपमा किटानी जाहेरी दिएकी छन् ।