काठमाडौँ । प्रहरीले ठगी आरोपमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ४० वर्षीय सोफी मल्ल छन् ।
पश्चिम नवलपरासी घर भएर काठमाडौँ–३१ मा बस्ने म्यानपावर संचलक लक्ष्मणले साउदी अरब पठाउँछु भनेर १ लाख २५ हजार ठगेको आरोप छ । ओम बाबु शाहलाई विदेश पठाउँछु भनेर रकम लिएपछि उनी पीडितसँग सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जनाएको छ ।
आरोपीले साउदी अरब जानका लागी १ लाख २५ हजार लाग्ने र त्यहाँ मासिक ४० हजार तलब हुन्छ भनेर रकम लिएका हुन् । आरोपीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको छ ।