काठमाडौँ । बाराको जितपुर सिमरा उप महानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।

बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आरोपीहरू बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनीहरूको साथबाट प्रहरीले साढे ४ किलो दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको हो । आरोपीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।