काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

 आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।