काठमाडौँ । भक्तपुरमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ नुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीय सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । 

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–५ पिखेलबाट पक्राउ गरेको हो ।