काठमाडौं । आज सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। हिजो (बिहीबार) को तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ४८५ रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ।

बिहीबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४५० र चाँदी १ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।