हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले राजसंस्था पुनर्स्थापना हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् । सञ्चारलयसँग कुरा गर्दै अन्सारीले विगतको पञ्चायती व्यवस्थासँग गणतन्त्रको तुलना गर्दै राजसंस्था फर्किने कुरा कल्पना गर्नु नहुने बताएका हुन ।

अन्सारीले पञ्चायती व्यवस्थामा सहर केन्द्रित विकास भए पनि गाउँमा भने कुनै विकास नभएको बताएका छन् । विगतको तुलनामा गणतन्त्र आएर स्थानीय चुनाव भए पछि विगत सात वर्षमा गाउँले पनि मुहार फेर्न थालेको बताए । गणतन्त्र आउनु भन्दा पहिला स्थानीयले पिच बाटो देख्न समेत नपाएका विगत सात वर्षमै बाटोको स्तर उन्नति, स्वास्थ्य र शिक्षामा विकासले गति लिन थालेकोले यही व्यवस्थामा विकासको ग्यारेन्टी हुने उनले बताए । विगतमा अँध्यारोमा बस्न बाध्य परिस्थितिको अन्त्य गणतन्त्र स्थापना पछि भएकाले फेरि त्यही अँध्यारो युगको कल्पना नगर्न समेत आग्रह गरेका छन् ।

भिडियाे