काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ ।