विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका  हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

साहले भने आफू खाद्यान्नको व्यापारी भएको प्रहरीलाई बयान दिएका छन् ।  को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।