काठमाडौँ । प्रहरीले बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ना.६ ख २६२५ नम्बरको ट्रक चेकजाँच गरेर सो प्याज बरामद गरेको हो । चेकजाँच गर्दा गिट्टी आयातको बिल फेला परेको थियो । ट्रकसहित सो प्याज राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।